श्रीमतीको यो कुरा मन पराउँदैनन् शाहिद कपुर, विवाहको ८ वर्षपछि बताए सम्बन्धबारे वास्तविकता

शाहिद कपुर र मिरा राजपूत बलिउडका निकै रुचाइएका जोडी हुन् । यी दुई एक अर्काका परिपूरक हुन् ।
शाहिद र मिराले सन् २०१५ मा विवाह गरेका थिए । यी दुईले विवाह गरेको ८ वर्ष बितिसकेको छ तर समयसँगै यी दुईको सम्बन्ध थप प्रगाढ बनेको छ ।
मिरा र शाहिद एक–अर्कासँग निकै खुसी देखिन्छन् तर अब विवाह गरेको ८ वर्षपछि अभिनेताले आफ्नी श्रीमतीका केही खराब बानीबारे कुरा गरेका छन् ।
भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा शाहिदलाई श्रीमती मिराको कुन चाहिँ बानी मन पर्दैन भनेर सोधिएको थियो । यसको जवाफमा अभिनेताले मिराको सुत्ने बानी मन नपर्ने बताए ।
शाहिदले भने, ‘मिरा बिहान छिट्नै उठ्दिनन् । उनलाई ९ बजे उठाउने कोसिस गर्दा पनि मिरा गनगनाउन गर्छिन् ।’
यस्तै शाहिदले श्रीमतीको अर्को मन नपर्ने बानीबारे पनि कुरा गरे । उनले भने, ‘मिराले मलाई कुनै पनि कुराका लागि क्रेडिट दिन्नन् । ’
यद्यपि, श्रीमतीको यति धेरै पोल खोलेपछि शाहिदले मिराको तारिफ पनि गरेका छन् । शाहिदले मिरा असाध्यै राम्रो मान्छे भएको बताएका छन् ।
‘मिरा सोलिड, इमानदार, असाध्यै स्पष्ट र वास्तविक मानिस हुन् । यी विशेषता एउटा मानिसमा पाउन निकै मुस्किल छ,’ उनले भने ।
शाहिदले थपे, ‘मिरा असाध्यै सुन्दर पनि छिन् । उनको मुस्कान साह्रै राम्रो छ । उनी बुद्धिमान पनि छिन् । ’
मिरा र शाहिदमा दुई सन्तान छन् । उनकी छोरीको नाम मिशा हो भने छोरा जैन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो