जबरजस्ती करणी गरेको अभियोगमा राजधानीबाट पक्राउ
मङ्गलबार, २३ जेठ २०८०, ११ : १२

काठमाडौँ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग