प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेतको आइपुगेका हुन् ।
यहाँ रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ। केही दिन अघि खड्काकी भाइ बुहारी सन्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी जनाएका छन्।
जेठ १६ गते बाँकेमा कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो। श्रद्धाञ्जली सभामा प्रचण्डकाे साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत पनि सहभागी भएका थिए।
त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ । खप्तड सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगद्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश
-
प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
-
कोशी पर्यटन वर्ष २०८२ : लक्ष्य १० करोड खर्च गर्ने, तयारी कस्तो ?