छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्ने महानगरको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ ।
आज एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।
सूचनामा भनिएको छ– 'काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने ब्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । '
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन