भिनिसियस जुनियरमाथि रङ्गभेदी दुर्व्यवहार गर्ने सात जनालाई कारबाही

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरमाथि रङ्गभेदी दुर्व्यवहार गर्ने सातजना समर्थकलाई कारबाही गरिएको छ । रङ्गभेदी दुर्व्यवहारमा संलग्न चार जनालाई ६० हजार युरो जरिवाना तिराउने निर्णय भएको छ ।
ती चारजना समर्थकलाई आगामी दुई वर्षसम्म फुटबल रङ्गशाला प्रवेशमा पनि रोक लगाइएको छ । उनीहरुले गत जनवरीमा रियल म्याड्रिडको अभ्यासका क्रममा भिनिसियस जुनियरमाथि रङ्गभेदी दुर्व्यवहार गरेका थिए । रङ्गभेदी दुर्व्यवहार गरेको आरोपमा स्थानीय प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । तर, उनीहरू म्याड्रिडस्थित अदालतबाट धरौटीमा रिहा भएका थिए ।
रङ्गभेदी दुर्व्यवहार गर्ने अन्य तीनजना समर्थकलाई भने पाँच हजार युरो जरिवाना तिराइएको छ । उनीहरुमाथि आगामी एक वर्षसम्म रङ्गशाला प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध पनि लगाइएको छ ।
उनीहरुले गत मे २१ तारिखमा भएको भ्यालेन्सियाविरुद्घको खेलका क्रममा भिनिसियस जुनियरमाथि रङ्गभेदी दुर्व्यवहार गरेका थिए । उनीहरूको उमेर १८ देखि २१ वर्षको बीचमा रहेको प्रहरीले जनाएको छ ।
रियल म्याड्रिड र भ्लोन्सियाबीचको खेल सकिएको दुई दिनपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । खेलकुदमा रङ्गभेदी दुर्व्यवहार नियन्त्रण गर्न बनाइएको स्पेनको स्टेट कमिसनले रङ्गभेदी दुर्व्यवहार गर्ने समर्थकलाई जरिवाना सुनाएको हो ।
भ्यालेन्सियाविरुद्घको खेलका क्रममा आक्रामक व्यवहार गरेपछि भिनिसियस जुनियरलाई दिइएको रातो कार्ड पनि फिर्ता लिने निर्णय गरिएको छ । पछिल्लो समय भिनिसियस जुनियरमाथि पटक पटक रङ्गभेदी दुर्व्यवहार हुँदै आएको छ ।
ब्राजिलको फुटबल सङ्घले पनि रङ्गभेदी वा जातीय दुर्व्यवहार गर्ने समर्थकहरूमाथि कडाभन्दा कडा कारबाही गरिनु पर्ने माग राख्दै आएको छ । ब्राजिलले जुन १७ र २० तारिखमा ‘रङ्गभेदी दुर्व्यवहारको अन्त्य गरौँ’ भन्ने नारासहित लिस्बनमा गुयना र सेनेगलसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राप्त उपलब्धिलाई अक्षुण्ण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव
-
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
-
आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै
-
देशमा पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना
-
साउदी वार्तापछि रुसी विदेशमन्त्रीले भने-युक्रेनमा नेटो सेना स्वीकार्दैनौं
-
संविधानको रक्षा, पालना र कार्यान्वयन आजको प्राथमिकता : अध्यक्ष दाहाल