प्रहरी महानिरीक्षक कुँवर सिङ्गापुर प्रस्थान
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय केन्द्रीय ब्यूरोका प्रमुखहरूको सम्मेलनमा भाग लिन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।
हेड अफ एनसिबी सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराध नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रका प्रमुख तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवं सहकार्यको विषयहरूमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्मेलनमा इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आ–आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् । सम्मेलनमा एनसिबी काठमाडौँ शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत सहभागी हुने भएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन