बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, २२ जेठ २०८०, २२ : २५
चितवन । भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ । घाइते नेपालीको अवस्था खतरामुक्त छ । घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनै हराएको बाहुन’को छायांकन चैतमा
-
साइराजको गीतमा अञ्जना र सुरेन्द्रको प्रेम वियोग
-
‘तमसोमा ज्योतिर्गमय’ नै देवी सरस्वतीको अर्चना
-
अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरू पर्याप्त छैन : अर्थमन्त्री
-
युवालाई प्रधानमन्त्री ओलीको सुझाव : झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस्
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त