कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असोजमा हुने
![कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असोजमा हुने](https://npcdn.ratopati.com/media/news/final.00_05_08_16.still094_F5vNd0yPFA.jpg)
काठमाडौँ । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० हुने भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच यसबारेमा जानकारी गराइएको हो ।
महोत्सव आगामी असोज ४,५ र ६ गते सुर्खेतमा हुनेछ । सोमबार महोत्सवको लोगो अनावरण तथा औपचारिक घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले रारा क्षेत्र जोड्ने सडकका लागि बजेट छुट्टाउन सरकारले आनाकानी गरेको बताए ।
उनले आफ्नो कार्यकालभित्रै रारामा सडक पूर्वाधार जोड्ने र त्यसका लागि सडक र संसद् अवरोध गर्न पनि तयार रहेको बताए । चलचित्र क्षेत्रले हजारौँको रोजीरोटी निर्माण गरेपनि चलचित्रको क्षेत्रमा बजेट आउन नसकेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले अहिले देशमा केही पनि गर्ने अवस्था नरहेको तर कर्णालीका युवाहरू मिलेर यो महोत्सव सुरु गर्नु उदाहरणीय भएको बताइन् । उनले देशलाई चलचित्रबाट कसरी धनी देश बनाउने भन्ने अभियान सुरु गर्नु देशकै लागि गर्वको कुरा भएको बताइन् । उनले विदेशीहरू लोभिएर एक पटक नेपाल घुम्न जान पाए हुन्थ्यो भन्ने प्राकृतिक सम्पदा नेपालमा रहेको भएपनि सरकारले यस्ता क्षेत्रको उजागर गर्न नसकेको बताइन् ।
महोत्सवले सरकारको नेपाल घुमौँ, नेपाल चिनौँ भन्ने अभियानमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक फिल्म निर्माताहरुलाई भित्र्याउने उद्देश्य रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता