माओवादी सांसद दाहालले भने–एमाले सांसदहरूले अराजकता देखाए, त्यसको जवाफ दिन्छौँ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरूको संसदमा प्रस्तुति असाध्यै अराजक र अशिष्ट भएको बताए । एमाले सांसदहरूले प्रधानमन्त्रीको हुर्मत लिएको उनले बताए । सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने उनले बताए । प्रतिपक्ष दलका सांसदहरूले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको बताए ।
सांसद दाहालले आजको संसद् बैठकमा सभामुखको पनि तटस्थ भूमिका नभएको बताए । सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरूलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उनले उल्लेख गरे । सभामुखलाई तटस्थ भूमिका अपनाउन उनले आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने