सूर्य नेपाल प्रिमियर गल्फ मंगलबारबाट

काठमाडौँ । सूर्य नेपाल गल्फ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारबाट हुने भएको छ ।
सोमबार नेपाल गल्फर एशोसिएशन नेपालले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट आयोजना हुने जानकारी दिएको हो । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रवार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल गल्फर एशोसिएशन नेपालका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
विजेताले २ लाख ७० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ७० हजार पाउनेछन् । यस्तै तेस्रोले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् । त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिवार प्रोफेसनल र एमेच्योर प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु