विश्व वातावरण दिवस : सशस्त्र प्रहरीद्वारा ११ हजारभन्दा बढी बोटबिरुवा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा २ सय ४२ सहित देशभरका युनिटहरूमा ११ हजारभन्दा बढी बोटबिरुवा रोपेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा जेठ २२ गते मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका बोटबिरुवाहरू रोपिएको हो ।
मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो । यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा समेत फलफूल लगायत विभिन्न जातका बोटबिरुवाहरू रोपिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका युनिटहरूले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नजस्ता बाहिनी मुख्यालय महोत्तरी र मातहतका युनिटहरूले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरूले ६ सय ५९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरूले ५ सय वटा, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरूले २ हजार ९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरूले २ सय ५३ वटा, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र मातहतका युनिटहरूले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ र मातहतका युनिटहरूले ७ सय १८ वटा बोटबिरुवा रोपिएको छ ।
त्यसै गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र मातहतका युनिटहरूले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, न. १९ बगलामुखी विशेष कार्यदल गण हलचोक काठमाडौँले १ सय ६८ बोटबिरुवा रोपेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा