प्रचण्ड आस्तिक कि नास्तिक ? संसद्मा जवाफ दिए–म धर्मनिरपेक्षतावादी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो धार्मिक आस्थामाथि प्रश्न गर्नेलाई जवाफ दिएका छन् । भारतको इन्दौरमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेको विषयमा संसदमा प्रश्न उठेपछि प्रचण्डले आफू आस्तिक या नास्तिकभन्दा पनि धर्मनिरपेक्षतावादी भएको बताएका हुन् ।
‘मान्य सदस्यहरुले नास्तिक हो कि आस्तिक होस् कि के होस् भनेर पनि प्रश्न उठाउनु भयो’, प्रचण्डले भने, ‘म सिद्धान्त तः र प्रष्ट धर्मनिरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षमा छु, यो कुरा प्रष्ट होस् ।’
उनले जनताको आस्थालाई सम्मान गर्नुपर्ने पनि बताए । जुनसुकै धर्म सम्प्रदायको समुदायलाई चोप पुग्ने गरी काम गर्नुहुँदैन भन्ने मान्यतामा आफू रहेको प्रचण्डले स्पष्टीकरण दिए ।
उनले आफूले बुद्धिष्ट, मुस्लिमलगायतका समुदायलाई पनि उत्तिकै सम्मान गरेको बताए ।
उनले कोही भ्रममा पर्न जरुरी नभएको भन्दै आफू इन्दौरमा फोहोर व्यवस्थापन र आईटीको क्षेत्रमा भएको विकासको मुख्य उद्देश्य राखेर गएको बताए । त्यहाँ जाने क्रममा महाकालेश्वर मन्दिर ऐतिहासिक ठाउँ भएकाले त्यहाँ पनि पुगेको बताए । त्यहाँ गइसकेपनि गेरुचाहिँ लगाउँदिन भन्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ