सांसद दीपक सिंहको प्रश्न : कालेश्वरको दर्शन गर्ने प्रधामन्त्रीले पशुपतिनाथको दर्शन कहिले गर्ने ?
सोमबार, २२ जेठ २०८०, १४ : १८

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मैत्रीपूर्ण भ्रमण मात्र नभई धार्मिक भ्रमणपनि रहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद सिंहले भारतको इन्दोरमा सबै बस्त्र उताएर अर्को बस्त्र लगाएर महाकालको दर्शन गरी राम्रोसँग देश, जनता र आफ्नो लागि पूजापाठ गरेको बताउँदै प्रश्न गरे– ‘किन हाम्रो प्रधानमन्त्रीज्यू भगवानको राजा पशुपतिनाथको मन्दिर कहिले जाने हो ? तिथिमिति पनि हामीलाई बताइदिनुहोला ।’
सांसद सिंहले हिजो भारतसँग सुरुङ युद्ध गर्छु भन्ने प्रधानमन्त्री भारतमा महाकालेश्वरको दर्शन गरी भैसी लिएर आएको भन्दै कटाक्ष समेत गरे । यस्तै उनले भारत भ्रमणका बेला प्लेन चढ्ने बेलामा किन नागरिकता विधेयकमा ल्याप्ने हान्न लगाउनुभयो भन्दै प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प