संसद बैठक
रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्मा हङ्गामा (तस्बिरहरू)
सोमबार, २२ जेठ २०८०, १६ : ५६

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए । हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले फेरि नियमापत्ति जनाए ।
संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरे ।
तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?