कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त
सोमबार, २२ जेठ २०८०, ११ : ४४

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?