मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

हरिवंश, शम्भुजितसहित दुई दर्जन कलाकर्मीलाई सम्मान र अवार्ड

सोमबार, २२ जेठ २०८०, ०९ : ५१
सोमबार, २२ जेठ २०८०

काठमाडौंँ । वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा लगायत थुप्रै नेपाली कलाकर्मीले एकसाथ सम्मान र प्राप्त गरे । आइतबार आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

कार्यक्रममा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराई लगायतले सम्मान प्राप्त गरे ।

bhagya shree j (2)

त्यस्तै सोही अवसरमा अभिनेत्री प्रियंका कार्की वेस्ट अभिनेत्री, धिरज मगर वेस्ट अभिनेता, मिलन चाम्स वेस्ट निर्देशक, श्रद्धा क्षेत्री वेस्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री वेस्ट डेब्यु अभिनेता, बिजय बराल वेस्ट कमेडीयन कलाकार, दीपक शर्मा उत्कृष्ट संगीतकार, कमल राई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डे उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’ले वेस्ट फिल्म अवार्ड हात पार्‍यो ।

bhagya shree j (3)

केही बलिउड र नेपाली गरेर करिब दुई दर्जन बढी कलाकर्मीलाई अवार्ड प्रदान गरिएको कार्यक्रममा सहयोगी बिजनेस हाउसलाई समेत अवार्ड दिइएको थियो ।

bhagya shree j (5)

भारतीय संस्था फर्न इभेन्ट्सले आयोजना गरेको कार्यक्रम  निर्धारित समय भन्दा करिब २ घण्टा ढिलो सुरु भएको थियो । निकै भद्रगोल र फितलो म्यानेजमेन्ट रहेको कार्यक्रमका प्रमुख अतिथि विनोद चौधरी, बलिउडबाट सहभागी भाग्यश्री लगायतका अतिथिहरू कार्यक्रमको बीचमै उठेर हिँडेपछि कार्यक्रम भद्रगोल भएको थियो । अतिथिहरू सबै हिँडेपछि कार्यक्रम सकिनु अगाडि नै हल खाली देखिन्थ्यो ।

bhagya shree j (8)

कार्यक्रममा आयोजकले कलाकारलाई भन्दा बढी बिजनेस हाउसलाई अवार्ड प्रदान दियो ।

भारतका विभिन्न मुख्य शहरहरुमा पाँचौँ संस्करण आयोजना पछि नेपाल आएको यो अवार्डले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धन विश्वास आयोजकको छ । 

bhagya shree j (7)

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा भारतीय कमेडियन भिआपी कमेडियनले कमेडी प्रस्तुति राखेका थिए, भने कार्यक्रमको स्वागत नृत्यको रूपमा नेपालको कौडा नृत्य प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप