राष्ट्रपति पौडेललाई कांग्रेस मधेस प्रदेशले दियो धन्यवाद
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशले कार्य समितिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको छ । जनकपुरमा आइतबार बसेको कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक प्रमारणीकरणको स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरणको सन्दर्भमा पार्टीका मातहतका निकायहरुलाई हर्सोल्लासका विविधि कार्यक्रमहरु संचालन गर्न गराउन बैठक निर्देशन दिएको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
मधेश प्रदेश आफ्ना मन्त्रीहरुलाई प्रभावकारी एवं पादर्शी ढंगले मधेश र मधेशी जनताहरुको जीवन स्तरलाई उकास्ने र पार्टीका कार्यकर्ताहरुको मनोवल उच्च बनाउने योजनाहरुको तर्जुमा गर्न बैठकले निर्देशन दिएको छ ।
पार्टीबाट निर्वाचित सांसदलाई प्रदेशसभामा नीति निर्माण, जनताको चाहना र भावनाको अवाज उठाउन प्रभावकारी भूमिका निर्वाह गर्ने भनिएको छ। कांग्रेसले जिम्मेवारी प्राप्त गर्ने बाँकी मन्त्रालयको निक्यौल गर्न दलका नेता तथा प्रदेश सभापति कृष्णप्रसाद यादवलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । कांग्रेस मधेस प्रदेशका मुख्यसचिव सन्तु प्रसाद यादवका अनुसार प्रदेश अनुशासन समितिको समन्वयमा अनुशासन सम्बन्धि अनुशिक्षण कार्यक्रम संचालन गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतहन्याहू ट्रम्पको पहिलो पाहुना, ह्वाइट हाउसमा गम्भीर भेटवार्ता
-
नारायणको बार आज कसलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
-
अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
-
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
-
भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो