इब्राहिमोविचद्वारा फुटबलबाट सन्यासको घोषणा
सान सिरो । एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोविचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । योसँगै ४१ वर्षीय खेलाडीको उत्कृष्ट फुटबल करियरमा पूर्णविराम लागेको छ ।
‘म फुटबललाई अलबिदा भन्दै छु तर तपाईंहरुलाई होइन,’ आइतबार सिजनको अन्तिम खेलपछि स्वीडिस खेलाडीले सान सिरोमा समर्थकहरूलाई भने । इब्राहिमोविचले यसअघि नै क्लब छाड्ने घोषणा गरिसकेका थिए ।
आफ्ना करियरमा पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानमा रहँदा उनले ५११ गोल गर्नुका साथै लिग उपाधिहरू जितेका थिए । उनी सन् २०२० मा पुनः मिलानसँग आबद्ध भएका थिए । गत सिजन उनले पुनः टोलीलाई लिग उपाधि दिलाएका थिए ।
आफ्नो करियरमा इब्राहिमोविचले ३४ वटा उपाधि जितेका छन् जसमा १४ लिग उपाधि छन् । उनी बालोन डि’ओरका लागि ११ पटक मनोनीत भएका थिए । उनले जित्न नसकेको उपाधि भनेको च्याम्पियन्स लिग मात्र हो । सन् २०१७ मा उनले युनाइटेडसँग युरोपा लिगको उपाधि पनि जितेका थिए । उता स्वीडेनका लागि उनले १२२ खेलमा ६२ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको न्यूनतम तलब २८ हजार बनाउन माग
-
विपद् व्यवस्थापनमा सरकारको भूमिका खोज्दै बागमतीका सांसद
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिलाको कैदीको बलात्कारपछि हत्या
-
नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन
-
लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र