कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।
अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।
गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
-
पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने
-
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
-
प्रतिनिधिसभा बैठक : आइतबारसम्म सूचना टाँसेर स्थगित
-
तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार
-
तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु