धनुषामा पनि नागरिकता बिहीनहरुले गरे प्रदर्शन

जनकपुरधाम । धनुषामा पनि नागरिकताविहिन युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सर्वोच्च अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् । गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता वियेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश गरेपछि नागरिकताविहिन युवाहरुले अदालत र पार्टीहरुविरुद्ध प्रदर्शन गरेका हुन् ।
एमाले सचिव रधुवीर महासेठको निर्वाचन क्षेत्रसमेत रहेको जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सदरमुकाम महेन्द्रनगरमा युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण भएपछि त्यसको विरोध गरेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टीविरुद्ध पनि प्रदर्शन गरेका छन् ।
त्यस्तै सोमवार उनीहरुले सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरेका छन् । जनमत पार्टी निकट विद्यार्थी संगठन जनमत संघ धनुषाका अध्यक्ष वीरेन्द्र यादवकाअनुसार सिडिओलाई कार्यालय प्रवेश गर्न नदिने तयारी गरिएको छ ।
करिब ३ वर्षदेखि नागरिकता प्राप्तिका लागि आन्दोलन गर्दै आएका इन्जिनियर इन्द्रजित साफीसहित स्थानीय युवाहरुले प्रदर्शन गरेका हुन् । यसअघि संघीय संसदको दुवै सदनबाट उक्त विधेयक बहुमतले पारित भएपनि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन् ।
उक्त विधेयक प्रमाणीकरण भएको भोलिपल्टै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले विधेयक खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी