एचएचसीए र बीएमसीए क्वार्टरफाइनलमा
![एचएचसीए र बीएमसीए क्वार्टरफाइनलमा](https://npcdn.ratopati.com/media/news/basketball_imRxabn2XF.jpg)
काठमाडौँ । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर छात्रातर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बीएमसीएले जुगललाई १९–१५ अंकले पराजित ग¥यो । बीएमसीएकी बीना वाइबाले सात अंक जोडिन् ।
सोही स्पर्धामा एचएचसीएले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३६–३० अंकले हराउँदै क्वार्टरफाइनलमा स्थान बनयो । एचएचसीएकी शर्मिला बानियाँले १० स्कोर गरिन् ।
सिनियर छात्रतर्फ ईबीएले सेवा सदनलाई २४–१७, हिमालयन किङडमले हिमालयन बोर्डिङलाई ३८–२२, युनिभर्सिटीले ह्वाइट माउन्टेनलाई ३०–२४ तथा जुगलले हेराल्डलाई १७–१५ अंकले पाखा लगाए । ईबीएका सोहन भण्डारीले नौ, हिमालयन किङडमका छेवाङ लामाले २१, युनिभर्सिटीका सक्षम ठकुरीले १२ र जुगलका रमन थापा मगरले नौ अंक जोडे ।
बीएमसीए र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगिताको जुनियर छात्रतर्फ एन्जल्स हार्ट र गोल्डेनपिकले सफलता हात पारे । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २८–२३ र गोल्डेनपिकले सेन्ट जोसेफलाई ३२–२५ अंकले पन्छाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता