कोका–कोलाको “चिल एन्ड विन” क्याम्पेन सार्वजनिक

काठमाडौँ । नेपालमा सबैभन्दा रुचाइएको बेभरेज ब्राण्ड कोका–कोलाले उपभोक्ताहरूका लागि यस वर्षको सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन ‘चिल एन्ड विन’ ल्याएको छ । कोका–कोलाको यो क्याम्पेनले उपभोक्ताहरुलाई स्मार्टफोन र मोबाइल रिचार्जहरू जस्ता उत्कृष्ट उपहारहरू जित्ने सुनौलो अवसर प्रदान गरेको छ ।
कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोशनल क्याम्पेन भएको बताइएको छ । यसका अफरहरु स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको छ ।
युनिक कोडका लागि विशेष रूपमा चिन्ह लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबि बोतलहरूको क्राउन मुनि चेक गर्नुपर्ने कम्पनीले जनाएको छ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एस.एम.एस मार्फत कोड पठाएर प्रत्येक दिन एक स्मार्टफोन जित्ने मौका पाइनेछ । सहभागीहरूले रु ५०० सम्मको मोबाइल रिचार्ज पनि जित्न सक्नेछन् । यो अफर नेपालभर कोका–कोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५०० मिलि पेट बोतलमा लागू हुने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुलाई आफ्नो पुरस्कार दावी गर्न सजिलो होस् भन्ने हेतुले कोका–कोलाले यो वर्ष डिजिटल पेमेन्ट पार्ट्नरको रुपमा खल्तीसँग सहकार्य गरेको छ । जसले गर्दा विजेताहरुले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने जनाइएको छ ।
बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको “चिल एन्ड विन” क्याम्पेन जेष्ठ ६ देखि आषाढ ३० सम्म लागु हुनेछ र जति चाँडो सहभागि भयो त्यति नै जित्ने मौका पनि बढ्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि
-
सिड्नीमा रुचाइयो काँडेतार, निर्माता खड्का सम्मानित
-
‘कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो’
-
बागमती गोल्ड कप : थ्री स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा