नीति तथा कार्यक्रमबारे विपक्षी दलको प्रतिक्रिया : विगतकै निरन्तरता !

सुर्खेत । कर्णाली प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख तिलक परियारले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले नयाँ ल्याएको नीति तथा कार्यक्रमबारे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने पुरानैको निरन्तरता भएको बताएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको बताए ।
उनले यो नीति, कार्यक्रमले आगामी वर्षको बजेटले सुनिश्चितता गर्न नसक्ने बताए । रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अनुत्पादन र चालू प्रकृतिका खर्च कटौती गर्ने खालका कार्यक्रमहरू आएका छैनन् । पुँजीगत खर्च बढाउन सकिरहेको अवस्था छैन, सबै तरिकाले हेर्दा खेरी घोषणा गरिएका कार्यक्रम असजिलो, असहज तरिकाले आए ।’
कार्यक्रम कार्यान्वयनमा समेत सहज नहुने पछाईको तर्क छ । उनका अनुसार नयाँ भनेको एउटा बैङ्क स्थापना, १० हजारलाई रोजगारी दिने र प्रदेश प्रमुख सामाजिक रूपान्तरण कार्यक्रम मात्र रहेका छन् । त्यसबाहेक नयाँ र आशा लाग्दो तरिकाले नीति तथा कार्यक्रम नआएको उनको भनाई छ ।
साथै उनले मुख्यमन्त्रीलाई फोकस गरेर नीति तथा कार्यक्रम ल्याइएको आरोप पनि लगाए । ‘देशको आर्थिक अवस्था कमजोर र असहज परिस्थितिमा बैङ्क स्थापनाको स्थापना कति जायज हो,’ उनले भने, ‘१० हजारलाई रोजगारी भनिएको छ, त्यसका लागि प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा शङ्का पैदा गरिदिएको छ, विशेषगरी मुख्यमन्त्रीलाई फोकस गरिएको छ भने मुख्यमन्त्री कार्यक्रम भनेर कार्यकर्तालाई पोस्ने तरिकाले ल्याइको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर