भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण
आइतबार, २१ जेठ २०८०, १६ : ३६

भारतको पेट्रोलियम राज्यमन्त्रीलाई लैजाँदै गरेको इन्डिगो विमानको इन्जिन खराब भएको छ । आइतबार डिब्रुगढ जाँदै गरेको इन्डिगो विमानका इन्जिनमा खराबी आएपछि यसलाई अचानक गुवाहाटीको गोपीनाथ बोरदोलोई इन्टरनेशनल विमानस्थलतर्फ मोडियो । त्यहाँ केही बेरपछि यसको आकस्मिक अवतरण गराउनुपर्यो ।
विमानमा पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेली र भाजपाका दुई विधायक प्रशान्त फुकन र तेराश गोवालासमेत १५० यात्री सवार थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार विमान गुवाहाटी विमानस्थलतर्फ मोडिनु अघि हावामा १५ देखि २० मिनेटसम्म घुमेको थियो ।
पेट्रोलियम राज्य मन्त्री तथा भाजपाका दुवै विधायकले विमानमा सबै यात्री सुरक्षित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना