गरिब परिचयपत्रका आधारमा निःशुल्क उपचार गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब परिचयपत्रका आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।
आइतबार मन्त्रालयले प्रेसविज्ञप्ति जारी गर्दै गरिब पहिचान परिचयपत्रका आधारमा १० प्रतिशत शय्यामा गरिबको निःशुल्क उपचार गर्न अस्पतालहरूलाई निर्देशन दिएको हो ।
‘मन्त्रीस्तरकै मिति यही जेठ १९ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेवारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहका वडा कार्यालयबाट गर्ने गराउने सिफारिस गरिब पहिचान परिचयपत्र समेतलाई आधारमानी अस्पतालहरूले स्वीकृत कुल शय्याको १० (दश) प्रतिशत शय्यामा त्यस्ता बिरामीहरूलाई निःशुल्क उपचार हुने व्यवस्था मिलाउन र अनिवार्य अनुगमन गर्नु गराउनु हुन् अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कानुनी व्यवस्था कार्यान्वयन गर्न तीव्र अनुगमन पनि गरिने मन्त्रालयका उपसचिव एकदेव खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन