सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

टी–सर्टमा रगतले लेखेकी थिइन् श्रीमान्‌को नाम : आफैँलाई मार्न मान्छे लगाइन्, विवादले घेरिएकी एन्जेलिना जोली

आइतबार, २१ जेठ २०८०, १४ : ०४
आइतबार, २१ जेठ २०८०

विश्वकै सर्वाधिक सुन्दर नायिका भनिने एन्जेलिना जोली आज ४८ वर्ष पुगेकी छिन् । स्टारकिड एन्जेलिना १४ वर्षको उमेरमा लिभ–इनमा बसेर एक जिद्दी बच्चाको रूपमा चर्चामा आएकी थिइन् । यद्यपि, उनले फिल्ममा आएर आफ्नो छवि पूर्ण रूपमा परिवर्तन गरिन् । उनी यति सुन्दर छिन् कि उनीजस्तो देखिनका लागि इरानकी एक युवतीले ३० वटा शल्यक्रिया गराइन् । यद्यपि, यसो गर्दा उनलाई १० वर्षको सजाय सुनाइएको थियो । एन्जेलिनाको ओठ विश्वकै परफेक्ट ओठ भनिन्छ । 

सौन्दर्य र फिल्म बाहेक उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहिन् ।  आज उनको जन्मदिनको अवसरमा उनको लागूपदार्थको लत, २ आत्महत्या प्रयास, ३ असफल विवाह र १६० मिलियन अमेरिकी डलरको सम्पत्तिको मालिक बनेकी एन्जेलिनाको कथाबारे जानकारी लिऔँ । 

angelina jolie१४ वर्षको उमेरमा परिवारविरुद्ध गएर लिभ–इनमा बसिन्

४ जून १९७५ मा क्यालिफोर्नियामा जन्मिएकी एन्जेलिना जोलीका बुवा जोन ह्वाइट हलिउड अभिनेता थिए । एन्जेलिनाको जन्मेको एक वर्षपछि नै उनका आमाबुवाको सम्बन्ध विच्छेद भयो र बच्चाको कस्टडी आमाले पाइन् । ७ वर्षको उमेरमा एन्जेलिनाले बुवाको फिल्म लुकिङ टु गेट आउट (१९८२) मा काम पाइन् । असाध्यै पातलो, दाँतमा ब्रेसेस र माटो चस्मा लगाएका कारण एन्जेलिनालाई अरू बच्चाले जिस्काउने गर्दथे । उनले मोडलिङमा कदम राखिन्, तर काम पाइनन् ।

angelina jolie1१४ वर्षको उमेरमा एन्जेलिना एक युवकको प्रेममा परिन् । एन्जेलिनाले प्रेमीको घरमा नै बस्ने इच्छा आफ्ना आमाबुवासँग व्यक्त गरिन् । आमाबुवाले यसको विरोध गर्दा एन्जेलिनाले घर छोड्ने धम्की दिइन् । अन्ततः उनका आमाबुवाले एन्जेलिनालाई प्रेमीको घरमा नै बस्ने अनुमति दिइन् । एन्जेलिनाले एक अन्तरवार्तामा उनले यसलाई एक सम्बन्धको रूपमा मात्रै नलिई विवाह जस्तै ठानेको बताइन् । यद्यपि, जब एन्जेलिना १६ वर्षकी भइन् तब उनको ब्रेकअप भयो ।

ब्रेकअपपछि एन्जेलिनाले आफ्नो घर छोडिन् र भाडाको घरमा बस्न थालिन् । उनले यही समयदेखि आफ्नो अभिनयलाई गम्भीर रूपमा लिन सुरु गरिन् ।

आफूलाई चोट पुर्‍याउँथिन्, बनिन् ड्रग एडिक्ट

किशोरावस्थामा एन्जेलिनालाई निद्रा नलाग्ने रोग थियो, उनी रिस व्यक्त गर्नका लागि आफूलाई चोट पुर्‍याउँथिन् । परिवार आफूसँग नभएपछि उनले २० वर्षको उमेरमा ड्रग लिन सुरु गरिन् । एक समय यस्तो थियो जब एन्जेलिना सबै खालका ड्रग लिने गर्थिन्, विशेष गरी हेरोइन ।

angelina jolie2दुई पटक आत्महत्याको कोसिस

डिप्रेसनमा भएका कारण १९ वर्षको उमेरमा एक कनट्र्याक्ट किलरलाई भाडामा लिएर मर्ने योजना गरिन् तर यो कोसिस विफल भयो । त्यसपछि २२ वर्षको उमेरमा उनले पुनः आत्महत्याको कोसिस गरिन् । २४ वर्षको उमेरमा सिरियस नर्भस ब्रेकडाउनका लागि उनलाई अस्पतालको साइकियाट्रिक वार्डमा भर्ना गरियो ।

विवाहमा आफ्नो टिसर्टमा रगतले लेखेकी थिइन् श्रीमान्‌को नाम

सन् १९९५ को फिल्म ह्याकरको सुटिङका बेला एन्जेलिनाको अफेयर सहकर्मी जोनी ली मिलरसँग भयो । सुटिङ समाप्त हुने बित्तिकै यी दुई अलग्गिए तर सन् १९९६ मा यी दुईले अचानक विवाह गरे । आफ्नो विवाहमा एन्जेलिनाले रबरको पाइन्ट र टिसर्ट लगाएकी थिइन् । उनले आफ्नो टिसर्टमा आफ्नै रगतले श्रीमान्को नाम जोनी ली मिलर लेखेकी थिइन् । विवाहको एक वर्षपछि यी दुई अलग्गिए तर उनीहरूको सम्बन्ध विच्छेद सन् १९९९ मा भयो । सम्बन्धविच्छेदपछि पनि यी दुईबीच साथीको सम्बन्ध छ ।

angelina jolie3एक युवतीसँग सम्बन्ध थियो, गर्न चाहन्थिन् विवाह

जोनी ली मिरलसँग विवाह हुँदा नै एन्जेलिना जोलीको सम्बन्ध मोडल तथा अभिनेत्री जेनी शिमिजुसँग रह्यो । यी दुईको भेट सन् १९९६ मा फक्सफायरको सुटिङको क्रममा भएको थियो । सन् १९९७ मा एन्जेलिनाले भनेकी थिइन्, ‘यदि मेरो विवाह जोनीसँग नभएको भए मैले जेनीसँग विवाह गरिसकेको हुन्थेँ । उनलाई पहिलो पटक देख्दा नै मन परिसकेको थियो ।’ जेनीले सम्बन्धमा हुँदा पनि एन्जेलिनाका अन्य थुप्रैसँग अफेयर रहेको आरोप लगाएकी थिइन् ।

सन् १९९७ मा लेस्बियन म्यागेजिन गर्लफ्रेन्ड्ससँगको अन्तर्वार्तामा एन्जेलिनालाई केटा र केटीका लागि यौन प्रतीक बन्दा कस्तो लाग्छ भनेर सोध्दा उनले भनेकी थिइन्, ‘यो उत्कृष्ट अनुभव हो किनभने म केटी र केटा दुवैलाई माया गर्छु ।’

angelina jolie4ओस्कर अवार्डमा भाइलाई चुम्बन गर्दै भनेकी थिइन्, ‘म यसलाई माया गर्छु’

सन् २००० मा, एन्जेलिना जोली आफ्नो भाइ जेम्स हेवनसँग ओस्कर अवार्ड समारोहमा भाग लिएकी थिइन् । बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड पाएपछि एन्जेलिनाले भाइलाई सार्वजनिक रूपमा चुम्बन गरेकी थिइन् । साथै उनले हाल आफू भाइसँग प्रेममा भएको बताएकी थिइन् । यी दुईको लिप लक गरिरहेको तस्बिर विवादमा आयो । यद्यपि, उनीहरुले यसबारे पछि स्पष्टीकरण दिएका थिए । 

angelina jolie5एन्जेलिनाले श्रीमानको रगतको लकेट लगाउँथिन् 

सन् २००० मा, एन्जेलिनाले दुई महिनाको सम्बन्ध पछि अभिनेता बिली बब थर्नटनसँग विवाह गरेकी थिइन् । यी दुईको भेट फिल्म पुसिङ टिनको सेटमा भएको थियो तर त्यति बेला बिलीले अभिनेत्री लौरा डर्नसँग इन्गेजमेन्ट गरिसकेका थिए । यी दुईको सम्बन्ध त्यति बेला बाहिरिएको थियो, जब सार्वजनिक रूपमा दुवैले एउटै लकेट लगाएका थिए ।

दुवैले एक अर्काको रगतको बोतल भएको लकेट लगाउने गरेको पछि खुलासा भयो । एन्जेलिना र बबले सन् २००२ मा एक बच्चालाई धर्मपुत्र लिने योजना बनाएका थिए तर त्यसअघि नै दुवैको सम्बन्ध विच्छेद भयो । तर, सोही वर्ष एन्जेलिनाले ७ महिनाको बच्चा म्याडक्स सिवानलाई एकल अभिभावकको रूपमा अपनाइन् ।

एन्जेलिना सन् २००१ मा अन्तर्राष्ट्रिय स्टार बनिन्

उनी ‘लभ इज अल देयर इज र प्लेइङ गड’ जस्ता फिल्मबाट स्टार बनेकी थिइन्, तर २००१ मा आएको फिल्म लारा क्रफ्टः टम्ब रेडरबाट उनले विश्वव्यापी प्रसिद्धि पाएकी थिइन् । सन् २००८ मा, एन्जेलिना हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री थिइन्, जसले २० मिलियन डलर लिने गर्थिन् । यससँगै उनी हरेक फिल्मको नाफा पनि बाँड्ने गर्दथिन् ।

चर्चित हुने बित्तिकै बुबाको थर हटाइन्, बुबाले भने, ‘मानसिक समस्या छ’

लारा क्रफ्टबाट चर्चित भएपछि एन्जेलिना जोलीले अदालतमा निवेदन दिएर आफ्नो नामबाट बुबाको उपनाम ‘वाइट’ हटाउन अपिल गरिन् । अदालतले १२ सेप्टेम्बरमा उनको याचिका स्वीकृत गर्‍यो । एक वर्षको उमेरमा लाराका बुबाले उनलाई छाडेका थिए, त्यसपछि दुवैबीचको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । त्यसपछि उनका बुबाले एक्सेस हलिउडलाई दिएको अन्तर्वार्तामा एन्जेलिनालाई गम्भीर मानसिक समस्या भएको बताए ।

angelina jolie6ब्राड पिटको विवाह तोडेको आरोप, त्यसपछि विवादमा रह्यो विवाह

एन्जेलिना जोली र ब्राड पिट सन् २००५ मा फिल्म मिस्टर एन्ड मिसेस स्मिथको छायाङ्कनका क्रममा नजिक भएका थिए । यी दुईको अफेयरपछि मात्रै ब्राडले आफ्नी श्रीमती जेनिफर एनिस्टनसँग सम्बन्ध विच्छेद गरे । उनको विवाह एन्जेलिनाका कारण टुटेको भन्ने खबर फैलियो । तर पनि उनीहरुले यो कुराको खण्डन गरे । सन् २००५ मा एन्जेलिनाले अर्को छोरा जहारा मार्लेलाई धर्मपुत्रको रूपमा स्वीकार गरिन् ।

जनवरी सन् २००६ मा एन्जेलिना गर्भवती भएपछि मात्रै उनीहरुले आफ्नो सम्बन्धबारे घोषणा गरे । २७ मे २००६ मा एन्जेलिनाले आफ्नो पहिलो बायोलोजिक छोरा सिलोहलाई जन्म दिइन् । छोरा सिलोहको पहिलो तस्बिर गेटी इमेजलाई दिइएको थियो जसलाई हेलो र पिपल म्यागेजिनले ३.५ मिलियन डलरमा किनेका थिए । यो त्यो समयको सबैभन्दा महँगो तस्बिर थियो । 

मार्च २००७ मा एन्जेलिना र ब्राडले चौथो बच्चा प्रेक्स थीनलाई धर्मपुत्र बनाए । 

angelina jolie7एन्जेलिनाका सन्तानको सबैभन्दा महँगो तस्बिर १४ मिलियन डलरमा बिक्यो

सन् २००८ मा, एन्जेलिनाले आफू जुम्ल्याहा सन्तानको आमा बन्न लागेको घोषणा गरिन् । उनले १२ जुलाई २००८ मा दुई सन्तान नक्स र भिभियनलाई जन्म दिइन् । उनीहरूको बच्चाको पहिलो तस्बिर पिपुल एण्ड हेलो म्यागेजिनले १४ मिलियन डलरमा किनेको थियो । यो विश्वको सबैभन्दा महँगो सेलिब्रिटी फोटो हो । 

ब्राड पिटविरुद्ध लगाइन् गम्भीर आरोप

तीन सन्तानकी आमा बनेपछि एन्जेलिनाले सन् २०१४ मा ब्राड पिटसँग विवाह गरेकी थिइन् । विवाहको २ वर्षपछि दुवै अलग बस्न थाले । सन् २०१९ मा एन्जेलिनाले ब्राडसँग सम्बन्ध विच्छेद गर्न चाहेको बेला एन्जेलिनाले कम्पनीको शेयर बिना अनुमति बेचेको आरोप अभिनेताले लगाएका थिए ।

आफ्नो काउन्टर केसमा, एन्जेलिनाले ब्राडले सन् २०१६ मा विमानमा आफू र आफ्ना बच्चामाथि दुर्व्यवहार र आक्रमण गरेको आरोप लगाइन् । उनले ब्राडले उनलाई घाँटी थिचेर मार्ने प्रयास गरेको दाबी गरिन् । विवादपछि दुवैले २०१९ मा सम्बन्ध विच्छेद गरे ।

angelina jolie8६ हजार मानिसका लागि बनाइन् गाउँ, सबै खर्च आफैँले गरिन्

सन् २००३ मा, एन्जेलिनाले कम्बोडियामा ६० हजार हेक्टर पार्क किनेर यसलाई वाइल्ड लाइफ रिजर्भ बनाइन् । यसले उनले आफ्नो धर्मपुत्र मेडक्सको नाममा ‘मेडक्स जोली प्रोजेक्ट’ नाम दिएकी थिइन् । उनले कम्बोडियाबाट नै मेडक्सलाई धर्मपुत्र बनाएकी थिइन् । सन् २००६ मा एन्जेलिनाले यसलाई मेडक्स जोली पिट फाउन्डेसन नाम दिइन् जहाँ उनले एसियाको पहिलो मिलेनियम भिलेज बनाइन् । सन् २००७ मा एन्जेलिनाले यो ठाउँमा स्कुल, सडक, दूध कारखाना र कम्पाउन्ड बनाइन् जहाँ ६ हजार गाउँले र ७२ कर्मचारी बस्छन् ।

angelina jolie9युद्ध क्षेत्रमा सघाउन दुई वटा विमान किनिन्, आफैँले पाइलटको लाइसेन्स लिइन्

एन्जेलिनाले शरणार्थीहरूको लागि धेरै महत्त्वपूर्ण कदम चालिन् । उनी आफैँले संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको सद्भावना दूत बनेर शरणार्थी शिविरलाई सहयोग पुर्‍याइन् । उनले धेरै युद्ध स्थलहरू पनि भ्रमण गरिन् र मानिसहरूलाई मद्दत गरिन् । सन् २००४ मा, एन्जेलिनाले युद्धको मैदानमा सहायता, खाना र चिकित्सा सहायता पुर्‍याउन विमान प्रशिक्षण लिइन् र पाइलटको लाइसेन्स प्राप्त गरिन् । यसका लागि उनले सिरस एसआर२२ र सेसना २०८ कारभान विमान पनि किनेकी छिन् ।

angelina jolieस्तन क्यान्सरको डरले दुवै स्तन हटाइन्

सन् २०१३ मा, एन्जेलिना जोलीलाई स्तन क्यान्सरको ८७ प्रतिशत सम्भावना थियो । आमा, हजुरआमा र काकी सबैको स्तन क्यान्सरबाट मृत्यु भएको हुनाले उनले दुई वटा शल्यक्रिया गरिन् र स्तन हटाइन् ।

angelina jolieएन्जेलिना विश्वकै सबैभन्दा सुन्दर महिला हुन्

विश्वका चर्चित मिडिया कम्पनीहरूले सार्वजनिक सर्वेक्षणमा एन्जेलिना जोलीलाई विश्वकै सुन्दर महिलाको दर्जा दिएका छन् । यसमा भोग, पिपुल, भ्यानिटी फेयर जस्ता पत्रिकाहरू समावेश छन् । एन्जेलिनाले आफ्नो शरीरमा २० वटा ट्याटु बनाएकी छिन् । यसका साथै उनको ओठ विश्वमा परफेक्ट ओठको परिभाषाको शीर्षमा राखिएको छ ।

जोलीको शरीरलाई थुप्रै ब्युटी सर्जनले उत्कृष्ट बताइसकेका छन् । सन् २००७ मा एक रिपोर्टमा पाइए अनुसार जोलीको शरीर ब्युटी स्ट्यान्डर्ड हो । एन्जेलिना जोलीले आफ्नो उत्कृष्ट ३ दशकको करियरमा २ ओस्कर र २ गोल्डन ग्लोबद्वारा सम्मानित गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप