मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

यो वर्ष फिल्म निर्माण घटेको अनुमान

आइतबार, २१ जेठ २०८०, १४ : १६
आइतबार, २१ जेठ २०८०

काठमाडौंँ । नेपाली फिल्मको व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । गतवर्ष यो समय दर्जनौ फिल्म फ्लोरमा हुन्थे भने दुई दर्जन बढी फ्लोरमा निस्कने तयारीमा रहन्थे । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’, ‘ह्रस्व दीर्घ’ लगायत केही फिल्म मात्र फ्लोरमा छन् ।

त्यस्तै ‘सतीदेवी’, ‘भष्मे डन’, ‘नाङ्गो गाउ’ लगायतका केही फिल्मले भर्खर छायाङ्कन सकाएका छन् भने रोहित अधिकारीको ‘फर्की फर्की’ र ‘वरिष्ठ बलराम’, किरण नेपालीको ‘हात्तीछाप’ र ‘सोलीडोली’ दीपकराज गिरीको एक फिल्म, रामबाबु गुरुङको ‘डिग्री माइला’, प्रदीप भट्टराइको ‘महाजात्रा’, रमेश अधिकारीले ‘कोतपर्व’ लगायत फ्लोरको तयारीमा छ । 

अघिल्लो वर्ष निर्माण घोषणा भएका कतिपय फिल्मको त अहिले अत्तोपत्तो छैन । त्यसले पनि यो वर्ष फिल्म निर्माण घटेको अनुमान गर्न सकिन्छ । के यो वर्ष फिल्म निर्माण घटेको हो ? गत वर्षको तुलनामा यो वर्ष फिल्म निर्माण घटेको चलचित्र निर्माता संघका अध्यक्ष बताउँछन् । 

‘अहिले बजार मन्दी छ । अर्थतन्त्र भित्रभित्रै डामाडोल भइरहेको छ । कहिलेसम्म रेमिट्यान्सले देश धान्ने हो’, नवलले भने ‘सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’ गाँस बास कपासै नै जुटाउन मानिसलाई धौ धौ परेका बेला मनोरञ्जन बिषय त्यसपछि आउने उनले सुनाए । ‘राज्यले हिन्दी फिल्मका लागि सहुलियत गरेको छ । सरकारले पनि नेपाली फिल्मको आवश्यकता महसुस गरेको देखिएको छैन’, नवलले थपे– ‘धेरै कारणले गर्दा फिल्म निर्माण घटेको हो ।’ अझै सबै पक्षले विचार नगर्ने हो भने फिल्म उद्योग पाकिस्तानको जस्तै हुनसक्ने नवलले अनुमान लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप