राष्ट्रियसभा बैठक
भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
आइतबार, २१ जेठ २०८०, १३ : ५१

काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग
गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए । आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग
-
कहिले पर्ला पानी ? दिनभर धुम्मियो काठमाडौँको आकाश (तस्बिरहरू)
-
समयले देखाएको संकेत
-
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा खड्का निर्वाचित
-
बालेनको सचिवालयले भन्यो - एम्बुलेन्स वितरण गर्ने योजना नीतिगत निर्णय हो,जनप्रतिनिधिको कुनै संलग्नता हुँदैन