विवादमा नागरिकता विधेयक
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध राजधानीमा जुलुस र धर्ना (तस्बिरहरु)
आइतबार, २१ जेठ २०८०, ११ : ०६
१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा आइतबार राजधानीमा जुलुस र धर्ना भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुलुस र धर्ना कार्यक्रम गरेको हो ।
बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुस गरेर संघीय संसद् भवन नयाँ वानेश्वरमा नजिक धर्ना गरिएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए। धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन भएको थियो ।
नागरिकता विधेयक प्रमाणीकरण विवादमा तानिएको छ भने यस विषयमा सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता भएको छ ।
सो क्रममा सीमा अतिक्रमण, भ्रष्टाचारलगायत विरुद्ध पनि सहभागीले प्लेकार्ड बोकेका थिए ।