शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

शेयर खरिदमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूको उत्साहपूर्ण सहभागिता : घोराही सिमेन्ट

आइतबार, २१ जेठ २०८०, १० : ३४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । घोराही सिमेन्ट इन्डष्ट्रीले शेयर खरिद कार्यमा उत्साहपूर्ण सहभागिता देखिएको जनाएको छ । कम्पनीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो। 

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । 

त्रिवेणी समूहबाट प्रवर्धित घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेड क्लिंकर उत्पादक र सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो । यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप