साढे एक करोड इनाम तोकिएका भारतीय माओवादी नेताको मृत्यु

भारतीय माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । माओवादीको केन्द्रीय कमिटीका प्रवक्ता अभयले एक प्रेस नोट जारी गर्दै आफ्नो सङ्गठनको केन्द्रीय कमिटी र पोलिट ब्युरो सदस्य सुदर्शनको हृदयाघात भएका कारण मृत्यु भएको जानकारी दिए ।
कट्टम सुदर्शनमाथि १.५५ करोड भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थ्यो ।
तेलंगानाको आदिलाबादमा बस्ने लगभग ६६ वर्षका कट्टम सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ ।
प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।
भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) ले यसका लागि सुदर्शनमाथि १० लाख भारुको इनाम घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु