मैले सुनेको र भोगेको कतार : दक्ष कामदारका लागि युरोपभन्दा राम्रो
काठमाडौँ । कतार भन्ने बित्तिकै नेपाली श्रमिकहरूको गन्तव्य मुलुक बुझिन्छ । जहाँ नेपाली श्रमिकहरू रातदिन अहोरात्र खटिएर काम गरेको देखिन्छ । ४०-५० डिग्रीको तातोमा होस्, या ठूल्ठूला बिल्डिङको निर्माणमा होस्, नेपाली श्रमिक नै देखिन्छन् ।
कतारमा नेपालीहरू धेरै दुःख गरेर थोरै कमाउँछन् । त्यसको कारण हो,– कामको दक्षता नहुनु, न त राम्रोसँग भाषाको ज्ञान हुन्छ । जसले गर्दा सामान्य मजदुरी गर्न बाध्य हुन्छन् । र हामीले बुझेको पनि त्यही छ,– कतार लगायतका खाडी मुलुकमा काम धेरै, पैसा थोरै छ ।
तर, यो बुझाई गलत छ । यदि तपाई कुनै काममा दक्ष हुनुहुन्छ भने कतार पैसा कमाउनको लागि युरोपभन्दा कम छैन । यसको उदाहरण हुन,– स्याङ्जा स्थायी घर भएकी ३९ वर्षीय सरिता भण्डारी पौडेल ।
उनी विगत १० वर्षदेखि कतारमा नर्सिङ पेसामा आबद्ध छिन् । त्यो पनि कतारको रजिस्टर्ड नर्सको रूपमा । सन् २०१२ मा कतार पुगेकी थिएन । त्यसअघि पनि उनी सन् २००७ मा कतार गएकी थिइन । पहिलो पटक कतार जाँदा र दोस्रो पटकको कतार बसाई निकै फरक थियो ।
पहिलो पटक जाँदा श्रीमानसँग बसिन् । त्यहाँ त्यत्तिकै बस्नुभन्दा केही काम गर्नुपर्यो भन्ने थियो । तर, उनले काम पाउन सकिनन् । उनी नेपालबाट १८ महिने अनमी पढेर गएकी थिइन् । तर, अनमीलाई कतारले मान्यता दिएको थिएन । जसले गर्दा उनले काम पाइनन् ।
त्यो बेला उनले थाहा पाइसकेकी थिइन्, कतारमा केही काम जानेको छ वा त्यो काममा दक्ष छ भने पैसा त युरोपभन्दा बढी कमाउन सकिन्छ ।
‘मैले सुरुमा अनमी पढे । त्यसपछि पाटन कलेजमा कल्चर एण्ड सोसाईटीमा व्याचलर पनि गरे । र श्रीमान् कतार गएकाले म पनि त्यतै गए । तर, यो १८ महिने कोर्सले जागिर नपाइँदो रहेछ । धेरै ठाउँमा ट्राई गरे । तर, पाइन । त्यसपछि होस् म नेपाल गएर पढेर आउँछु भनेर फर्किए’ सरिताले भनिन् ।
उनले नर्सिङ पढ्ने अठोट लिएर नेपाल आइन । तर, उनले एसएलसी दिएको १० वर्ष भइसकेको थियो । र उनलाई इन्ट्रान्स पास गर्न गाह्रो थियो । तर पनि उनले कतारमा लिएको अठोट जसरी पनि पुरा गर्ने भन्दै उनी पढाइतिर लागिन् । र तीन महिनाको कडा मेहनतपछि फल मिल्यो ।
‘तीन महिनाको निकै मेहनतपछि ललितपुर नर्सिङ कलेजबाट नाम निकाले । त्यहाँ तीन वर्ष पढेर त्यसपछि म कतार आए । र जब गर्न थाले ।’ उनले भनिन् ।
उनी नेपाल आएर नर्सिङ पढेर मात्र कतार फर्किने अठोटले अहिले निकै राम्रो गरिरहेको छ । ‘गएर पढेपछि एकदमै राम्रो गरेजस्तो लागिरहेको छ, अहिले । मैले जुन नेपालमा गएर केही सिकेर आउँछु भन्ने जुन निर्णय गरे, त्यो एकदमै राम्रो गरेजस्तो लागिरहेको छ ।’ उनले भनिन् ।
उनले अहिले मासिक ४ देखि ५ लाख रुपैयाँ कमाउँदै आएकी छिन् । यति बेला उनी, उनका श्रीमान् र दुई छोरा कतारमै छन् ।
श्रीमान् कुनै कम्पनीको प्रशासनमा काम गर्छन् । उनी कतार इजर्नीमा नर्सिङको रूपमा काम गर्दै आएकी छिन् । दुई छोरालाई उतै पढाउँदै समेत आएका छन् ।
कामप्रति पूर्ण सन्तुष्ट :
पहिलो पटक कतार जाँदा कामै नपाएको जुन पीडा थियो । सरितालाई अहिले त्यस्तो केही छैन । झन् उनी कामप्रति पूर्ण सन्तुष्ट छिन् ।
उनको कम्पनीका काम गर्ने नेपाली नर्स उनी मात्र हुन् । उनको दैनिक ८ घण्टा मात्र ड्युटी हुन्छ । काममा कुनै प्रकारको प्रेसर हुँदैन । कसैले दबाब समेत दिँदैनन् । पारिश्रमिकप्रति पनि उनी सन्तुष्ट छिन् ।
‘कतार एनर्जी सरकारको स्वामित्वमा रहेको कम्पनी हो । त्यहाँ काम गर्ने कर्मचारीहरूको सुरक्षाका लागि भनेर प्राथमिक हेल्थ सेन्टरहरू राखिएका छन् । म त्यही काम गर्दै आएकी छु । म एक सर्टिफाइड नर्स हुँ ।’ उनले भनिन् ।
उनले काम गर्ने ठाउँ कम्पनीका कर्मचारीहरूका लागि मात्र भएकाले उनलाई न धेरै कामको प्रेसर हुन्छ । न त बढी ड्युटी ।
उनको कम्पनीका काम गर्ने नेपाली नर्स उनी मात्र हुन् । उनको दैनिक ८ घण्टा मात्र ड्युटी हुन्छ । काममा कुनै प्रकारको प्रेसर हुँदैन । कसैले दबाब समेत दिँदैनन् । पारिश्रमिकप्रति पनि उनी सन्तुष्ट छिन् ।
कतारमा निजी कम्पनीमा काम गर्ने नर्सहरूले समेत मासिक २ देखि ३ लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।
कतारलाई हेर्ने दृष्टिकोण :
सुरुमा उनका श्रीमान् सन् २००७ मा कतार गए । श्रीमान् कतार जाने बेला उनको मनमा कता कता डर थियो । सङ्कोच थियो । हीनता थियो । गाउँघर, समाजले पनि कतार भनेपछि त्यस्तै दृष्टिकोणले हेर्थ्यो ।
अमेरिका, अस्ट्रेलिया, युरोप भनेपछि सबैले छाती फुलाउँछन् । तर, उनको मनमा नराम्रो छाप बसिसकेको थियो ।
कतार पुगेपछि उनलाई लाग्यो कतार, अमेरिका, अस्ट्रेलिया भन्दा पनि राम्रो रहेछ । तर, त्यसका लागि दक्षता हुनुपर्ने उनले बुझिन् । त्यो बुझेपछि उनी नेपाल आइन र नर्सिङ पढेर गइन् ।
‘त्यो बेला त्यति खुसी थिएनौँ । कतार, मलेसिया जस्ता मुलुकलाई हेर्ने दृष्टिकोण छुट्टै छ । अमेरिका युरोपलाई हेर्ने दृष्टिकोण फरक छ । त्यसैले हामी पनि कतार भनेपछि त्यति खुसी थिएनौँ । खाडी मुलुक भनेको त अनस्किल लेबर मात्र जाने हो भन्ने लाग्थ्यो’ उनले भनिन् ।
तर, उनका श्रीमान् कतार पुगेपछि उनको सोच नै बदलियो । र उनले पनि कतार जाने सोच बनाइन् । किनकि उनका श्रीमानको कमाई पनि राम्रो थियो, काम पनि । ‘उहाँ कुनै टेक्निकल क्षेत्रको नभए पनि एडमिस्ट्रिेटिभतिर हुनुहुन्थ्यो । तर, पनि काम निकै राम्रो थियो । नेपालबाटै त्यो काम सिकेर गएकाले उहाँको काम राम्रो थियो । त्यसपछि बिस्तारै म पनि आए ।’ सरिताले भनिन् ।
कतार पुगेपछि उनलाई लाग्यो कतार, अमेरिका, अस्ट्रेलिया भन्दा पनि राम्रो रहेछ । तर, त्यसका लागि दक्षता हुनुपर्ने उनले बुझिन् । त्यो बुझेपछि उनी नेपाल आइन र नर्सिङ पढेर गइन् ।
‘स्किल वर्करहरूको लागि अमेरिका, अस्ट्रेलिया, युरोपमा जसरी यता पनि राम्रो सेवा सुविधा पाइन्छ । यता झन् त्यो भन्दा पनि बढी कमाउन सकिन्छ । यता काम पनि ८ घण्टा मात्र गर्नुपर्छ । उतातिर त दैनिक १८ घण्टासम्म पनि काम गर्नुपर्छ । तर, कतारमा स्किल भयो भने पैसा कमाउन निकै सहज छ ।’ उनले भनिन् ।
कतारमा दक्ष जनशक्ति काम गर्नका लागि जान निकै गाह्रो छ । म्यानपावर व्यवसायीहरूले त्यही लेबरलाई मात्र लैजाने गरेका छन् । उनीहरूले दक्ष जनशक्तिलाई कतार पढाउनेबारे या त सोच्न सकेका छैनन्, या त उनीहरूको पहुँचभन्दा बाहिर छ ।
कतारमा दक्ष जनशक्ति जानको लागि सिधै जान सक्दैनन् । म्यानपावर व्यवसायीहरूले त्यही लेबरको मात्र डिमान्ड लिन्छन् । ‘जुन कुरा सरितालाई सधैँ खड्किन्छ । दक्ष बनाएर ल्याउन सकियो भने कतारमा पैसा त कमाउन सकिने रहेछ । तर, सबै अनस्किल लेबर मात्र किन पठाउँछन् ।’ उनले प्रश्न गरिन् ।
उनी पनि नेपालबाटै सिधै एप्लाई गरेर गएकी होइन । किनकि सरकारले त्यसरी जाने बाटो नै दिएको छैन ।
उनी श्रीमानको स्पोन्सरमा कतार गएकी हुन् । र कतारमा अहिले राम्रो आम्दानी गर्नुका साथै नेपालको समेत पहिचान दिइरहेकी छिन् ।
‘कोही मान्छे कतारमा छन् भने उनीहरूमार्फत भिजिट भिसामा जानुपर्छ । त्यसपछि जब खोज्नुपर्छ । त्यही आधारमा काम गर्न सकिन्छ । तर, नेपालबाट स्किल मेनपापवर सिधै जान सक्दैनन् ।’ उनले भनिन् ।
कतारमा काम नसिक्दा दुःख :
अधिकांश नेपाली लेबरको काममा कतार जाने गरेका छन् । उनीहरू न आफ्नो काममा दक्ष हुन्छन् । न त भाषागत ज्ञानमा पोख्त हुन्छन् । जसले गर्दा उनीहरूले दुःख पाउँछन् ।
अनस्किललाई भनेअनुसार काम नदिने, अर्को काममा लगाउने, सेलरी थोरै दिने जस्ता समस्या देखिएका छन् ।
यसको पछाडिको कारण भाषाको समस्या रहेको उनको बुझाई छ । ‘नेपालबाट आउँदा न अरेबिक भाषा आउँछ, न त अङ्ग्रेजी । कम्युनिकेसन नै गर्न नजान्ने भएपछि समस्या त भइहाल्छ नि ।’ उनले भनिन् ।
हाउसकिपिङ, क्लिनरहरूमा काम गर्ने दिदीबहिनीले यस्तो खालको समस्या भोग्ने गरेको उनको भनाइ छ ।
त्यसो भए के गर्ने ?
श्रम स्वीकृति दिनुभन्दा पहिला यहाँको लोकल भाषाको बारेमा जानकारी दिनुपर्ने उनको बुझाइ छ ।
‘त्यो भएन भने कमसेकम अङ्ग्रेजी भाषाको बेसिक जानकारी भने पनि दिनुपर्छ । कुन कामको लागि आउन लागेको त्यो कामबारेमा पूर्व तालिम दिनुपर्यो । यसरी जानकारी भएर आएपछि मात्रै सरकारले श्रम स्वीकृति दियो भने केही हदसम्म कम हुन्छ ।’ उनले भनिन् ।
त्यस्तै कतारको नियम कानुनको बारेमा पनि जानकारी दिनुपर्छ र स्वयमले समेत जानकारी लिनुपर्छ । यसरी पठाउन सकेनन् भने त्यस्तो म्यानपावरलाई पनि कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाई छ ।
यसरी सरकारले दक्ष बनाएर खाडी पठाउन सक्यो भने युरोप दोब्बर कमाउन सकिने उनको भनाइ छ । नेपालीहरू युरोप भन्दै मरिहत्ते गर्दै आएका छन् । र उनीहरू उतै पिआर पाउने र नेपाल नफिर्कने समस्या छ ।
‘युरोप अमेरिकातिर मात्र जाने भन्छौँ । त्यता गएको मान्छे भोलि नेपाल फर्केर आउँदैन । तर, सरकारले स्किल म्यानपावरलाई खाडी मुलुकतिर पठाउन पहल ग¥यो भने, भोलि नेपाल फर्किएर आउँछन् । उनीहरूलाई खाडी मुलुकले पिआर दिँदैन अनि नेपाल फर्किन्छन् । त्यही भएर आफ्नो देश आउँछन् ।’ उनले भनिन् ।
खाडी मुलुकमा हुनेहरूको पारिवारिक पुनर्मिलन पनि छिटो छिटो हुने तर, युरोप पसेको छोराछोरी घर फर्किनै गाह्रो गरिरहेको उनको भनाइ छ । अब हाम्रो देशले मुख्य श्रम गन्तव्यको रूपमा खाडी मुलुकलाई बनाउनुपर्ने र त्यसका लागि सीपसँगै भाषागत ज्ञान पनि सिकाएर पठाउनुपर्ने सरिताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाडो सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल