पेरिसमा नेपाल महोत्सव हुँदै, मुनाफा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने

पेरिस । फ्रान्सको राजधानी पेरिसमा आज जुन ३ र ४ मा १८औँ नेपाल महोत्सवको आयोजना हुँदैछ। महोत्सव दुई दशकदेखि फ्रान्समा सक्रिय रहेको संस्था नेपाली सांस्कृतिक गृहले आयोजना गरेको हो। नेपाली सांस्कृतिक गृहले हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ।
नेपाली कला संस्कृतिलाई संवर्द्धन गर्ने लक्ष्य सहित फ्रान्समा हरेक वर्ष यो नेपाली सांस्कृतिक मेलाको आयोजना गर्दै आएको आयोजक कवीन्द्र कायस्थले बताए। महोत्सवमा नेपाली हस्तकलाका सामाग्री, चित्रकला प्रदर्शनी, रथ यात्रा, लाखे नाच, नेपाली परिकारका स्टल हुने पनि उनले बताए।
महोत्सवको दोस्रो दिन जुन ४ मा राई इज किङको नामले प्रख्यात गायक राजेश पायल राईको साङ्गीतिक प्रस्तुति पनि रहेको छ। महोत्सवमा आफ्नो साङ्गीतिक प्रस्तुतिका लागि गायक राई हिजो फ्रान्स आइपुगेका छन्।साथै नेपाल र नेपाली संगीतलाई विश्वभरि चिनाउँदै आएको ‘सुकर्म’ ब्यान्डको पनि विशेष प्रस्तुति पनि रहनेछ। महोत्सवबाट उठेको मुनाफा नेपाली वैज्ञानिक महावीर पुन मार्फत नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
-
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण