बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

रास्वपाको मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत

शनिबार, २० जेठ २०८०, १६ : २६
शनिबार, २० जेठ २०८०

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगरमा सम्पन्न भएको भेलाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा १३ सदस्यीय नयाँ नगर समिति बनाएको छ । शंखधर चोकस्थित यचु पार्टी भेन्यूमा सम्पन्न भएको कार्यक्रमबाट उपसभापतिमा स्मृति भट्टराई (श्रेष्ठ), सचिव मुरारी नेपाल तथा कोषाध्यक्षमा समीर पौडेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः गुन्जना ढुंगाना, आराधाना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेश राज बज्राचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजापति छन् । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय सांसद माननीय विराजभक्त श्रेष्ठले अहिलेका राजनीतिज्ञहरूको विकल्प खोज्नुपर्ने अवस्था आएको बताए । माननीय श्रेष्ठले स्थानीय सरकार अधिकार सम्पन्न भएको अवस्थामा पालिका र वडा स्तरमा भइरहेका विकास निर्माण तथा योजनालाई निगरानी गर्नुपर्नेमा जोड दिए । सरकारले विनियोजन गरेको बजेट सही ढंगले प्रयोग भएको छ वा छैन भन्ने विषयमा समेत निगरानी राख्न उहाँले आग्रह गरे । पछिल्लो समय विभिन्न क्षेत्रमा विकृति र विसंगति विद्यमान रहेकोमा त्यस्ता समस्या न्यूनीकरण गर्ने क्षेत्रमा भूमिका खेल्न युवाहरूलाई आह्वान गरे । काम र व्यवहार मिलाउन नसकेका पुराना सोचका नेता र पार्टीहरूलाई उछिन्नको लागि रास्वपाले फरक र अब्बल तरिकाले काम गर्नुपर्नेमा जोड दिए । स्थानीय ठाउँको विकास निर्माण सम्बन्धीको योजनालाई स्थानीय स्तरबाटै तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भाषा, संस्कृति, सामाजिक न्यायको विषयमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सघीय सांसद तथा रास्वपाका केन्द्रीय सदस्य माननीय विराजभक्त श्रेष्ठ, सन्तोष परियार, विन्दवासिनी कंसाकार, रास्वपा केन्द्रीय सदस्य कुसुम महर्जन, प्रमिला कुलुजु, भक्तपुरका जिल्ला सभापति रामेश्वर बस्नेत, ललितपुर जिल्ला सभापति, चाँगुनारायण नगर सभापति, सूर्यविनायक नगर सभापति, युवा नेता साजन विक लगायतको सहभागिता थियो ।

कार्यक्रमको दोस्रो चरण अन्तर्गत बन्दसत्रमा उपेन्द्र केसीको संयोजनमा पाँच सदस्यीय निर्वाचन समिति बनाइएको थियो । समितिका सदस्यहरूमा क्रमशः जोन कार्की, सन्तोष थापा, प्रमिला कुलुजु तथा रजनी केसी (मानन्धर) थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप