मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर-पूर्वी राज्य मणिपुरमा गत महिना हिंसा भड्किएपछि कम्तीमा ९८ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् । यसबाहेक विभिन्न हिंसामा आगजनीका ४ हजार घटना घटेका छन् ।
ती आगजनीमा करोडौंको सम्पत्ति नष्ट भएको छ । आगलाघिका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। स्थिति अझै तनावपूर्ण बनेकाले घरबाट विस्थापित भएका मानिसहरू राहत शिविरमा बसिरहेका छन्।
बिहीबार निवेदन दिएपछि पछिल्लो २४ घण्टामा १ सय ४० भन्दा बढी हतियार स्थानीयले प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रदेश सरकार स्रोतले जनाएको छ ।
मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने मागलाई लिएर स्थानीयवासीले गत मे ३ मा राज्यका १० जिल्लामा ‘आदिवासी एकता मार्च’ आयोजना गरेपछि हिंसा भड्किएको थियो । झडप मुख्यतया मेइतेई र कुकी समुदायबीच भएको थियो।
स्थानीय सञ्चार माध्यमकाअनुसार मणिपुरको कुल जनसङ्ख्याको करिब ५३ प्रतिशत मेइतेई समुदायका मानिसहरू छन् र ती अधिकांश इम्फाल उपत्यकामा बस्छन्। त्यसैगरी नागा र कुकी समुदायका जनजातिको जनसङ्ख्या ४० प्रतिशत छ र तिनीहरू राज्यका पहाडी जिल्लाहरूमा बसोबास गर्छन्।
हाल शान्ति र अमनचैन कायम गर्न भारतीय सेना र अर्धसैनिक असम राइफलका १०,००० भन्दा बढी सुरक्षाकर्मीहरू त्यहाँ तैनाथ गरिएको छ ।
चर्को हिंसाका बीच गृहमन्त्री अमित शाहले राज्यमा चार दिनसम्म स्थलगत भ्रमण गरेर स्थितिको समीक्षा गरेका छन् । भ्रमणको अन्तिम दिन बिहीबार मन्त्री शाहले झडपको न्यायिक छानबिन छिट्टै थाल्ने घोषणा गरेका छन् ।
मणिपुरका गभर्नर अनुसुया उइकेको नेतृत्वमा सबै राजनीतिक दलका प्रतिनिधिसहितको शान्ति समिति पनि राज्यमा हिंसालाई शान्त पार्नको लागि लागिपरेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु