ज्येष्ठ नागरिक ग्राम निर्माणमा आर्थिक अनियमितता गरेको छैन : अध्यक्ष पराजुली

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पारेकी हुन् ।
बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्व रहेको संस्थाले ज्येष्ठ नागरिक ग्राम बनाउन सरकारबाट पैसा लिएर पनि भवन बन्न नसकेको कुरा उठाएसँगै उनले सो कुराको स्पष्टोक्ति दिएकी हुन् । ज्येष्ठ नागरिक ग्राम बनाउन नेपाल सरकारबाट ६ करोड १ लाख रुपैयाँ लिएर काम गरेको भएपनि काम गर्दागर्दै २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेका कारण भवन सम्पन्न गर्न नसकेको उनले बताइन् ।
अध्यक्ष पराजुलीले क्षतिग्रस्त भवनको भवन विभागबाट गएको इन्जिनियर टोलीले अनुगमन गरेको र भवन निर्माण कार्यलाई निरन्तरता दिन नमिल्ने प्रतिवेदन दिएका कारण भवन बनाउन नसकेको बताइन् । भत्काउनका लागि पनि एक करोड रुपैयाँ भन्दा बढी पैसा लाग्ने भएपछि त्यत्तिकै बसिराखेको सो भवन संखरापुर नगरपालिकाले आफ्नो स्वामित्वमा लिएको पनि उनले जानकारी दिइन् ।
अध्यक्ष पराजुलीले अदालतबाट समेत सो विषयको मुद्दामा फैसला भइसकेको भन्दै कसैलाई चित्त नबुझे पुनरावेदन वा सर्वोच्च अदालत जानसक्ने पनि बताइन् । रकम हिनामिनामा आफ्नो संलग्नता देखिएमा सजायको भागिदार हुन तयार रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार