इमरान खानद्वारा १५ अर्ब रुपैयाँको मानहानिको मुद्दा दर्ता
पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खानले राष्ट्रिय जबाफदेहिता ब्युरोका अध्यक्षलाई कानुनी सूचना पठाएका छन् ।
इमरान खानले अध्यक्ष विरुद्ध १५ अर्ब रुपैयाँको मानहानि मुद्दा दायर गर्ने निर्णय गरेको बताएका छन् । यसै सम्बन्धमा कानुनी सूचना पठाइएको हो ।
पूर्वप्रधानमन्त्रीले आफूलाई बिदाको दिन पक्राउ पुर्जी जारी गरी आठ दिनसम्म लुकाएर राखिएको दाबी गरेका छन् ।
उनले ट्विट गर्दै लेखेका छन्, ‘मलाई अल कादिर ट्रस्ट केसको अनुसन्धानको बारेमा पनि भनिएको थिएन । एनएबी अध्यादेशको धारा २४ को प्रावधानलाई बेवास्ता गरियो ।’
I have decided to file a Rs 15 Billion Defamation Suit, against Chairman, NAB. I have served Legal Notice upon him.
— Imran Khan (@ImranKhanPTI) June 2, 2023
My Arrest Warrant was issued on a public holiday and was kept in secrecy for eight days. I was not informed about conversion of Al-Qadir Trust Case Inquiry into…
इमरानले भने, ‘मेरो लागि गिरफ्तारी वारेन्ट जारी गर्ने र कार्यान्वयन गर्ने तरिकालाई सर्वोच्च अदालतले गैर कानुनी र असंवैधानिक भनेको छ । गिरफ्तारी वारेन्ट लागू गर्नका लागि पाकिस्तानी रेन्जरहरूको प्रयोग गरियो, जसले मलाई यातना दिए ।’
उनले भने, ‘म वार्षिक १० अर्ब रुपैयाँ परोपकारमा जम्मा गर्छु, मेरो विश्वसनीयतामा कहिल्यै प्रश्न उठेको छैन, तर पनि झूटो मुद्दामा फसाएर अवैध रूपमा पक्राउ गरेको छ, जसले मेरो प्रतिष्ठालाई नराम्ररी कलङ्कित गरेको छ । उनीहरुले मेरो मजाक उडाएका छन् । त्यसैले म मानहानिको कारबाही सुरु गर्दै छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन