गोंगबुबाट दुई जना पाकेटमार पक्राउ
शुक्रबार, १९ जेठ २०८०, १२ : ४३

काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दीपुर गाउँपालिका(५ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका(२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।
सार्वजनिक यातायातमा सवार एकजना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन