बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
हाय गर्मी !
फोटोफिचर

हाय गर्मी !

शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरि गर्मी बढेको छ । यस वर्षको मनसुन ढिला गरी प्रवेश गर्ने भएकाले अझै गर्मी बढ्ने सम्भावना देखिएको हो ।

पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव थोरै हुने भएकाले बादल लागेर राहत हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

‘यस वर्ष समयमै मनसुन भित्रिने सम्भावना छैन । अहिलेसम्म भारतमा मनसुन सुरु भएको छैन । भारतमा नआउँदा नेपालमा मनसुन आउने कुरै भएन,’ मानन्धरले भनिन्, ‘पानी पर्ने बादल नलाग्दासम्म स्वतः गर्मी बढिहाल्छ । त्यसो हुँदा हाल भइरहेको तापक्रम अझै बढ्दै जान्छ ।’ आगामी केही दिन तापक्रम अझ बढ्दै जाने भएकाले सतर्क रहन मानन्धरले सुझाव दिइन् । काठमाडौँ उपत्यकामा तापक्रम बढ्दै गएपछि मानिसहरू शीतलको खोजीमा छन् | दिउँसोको तापमान ३० डिग्री सेल्सियस भन्दा बढी पुगेको उपत्यकामा मानिसहरू शरीर शीतल बनाउन लस्सी खाने, छाता ओढ्ने, टाउको छोप्ने, आइसक्रिम खाने, चिसो पानी पिउने, छाहरीमा सुत्ने र हाते पङ्खा किनेर प्रयोग गरिरहेका छन् | 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया