रोनाल्डो भन्छन्- ‘मेसीलाई साउदी लिगमा स्वागत गर्न आतुर छु’

काठमाडौँ । चर्चित पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदीको व्यवसायिक लिगलाई विश्वकै पाँच प्रमुख व्यवसायिक लिगमध्येको एक बनाउन सकिने धारणा व्यक्त गरेका छन् । उनले त्यसका लागि विश्वका केही चर्चित र प्रभावशाली खेलाडीलाई साउदी लिगमा भित्र्याउनु पर्ने आवश्यक्ता औंल्याएका छन् ।
पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेसी, फ्रान्सका करिम बेन्जेमा र क्रोएसियाका लुका मोड्रिचजस्ता चर्चित अनुहार साउदी अरेबियाको लिगमा आबद्ध हुने चर्चा छ । ‘मेसी, बेन्जेमा र मोड्रिचजस्ता प्रभावशाली खेलाडीलाई साउदी ब्यवसायिक लिगमा स्वागत गर्न हामी आतुर छौं,’ ३८ वर्षीय रोनाल्डोले भनेका छन् ।
पाँच पटकका बालर डीओर विजेता रोनाल्डो अल नासरबाट व्यवसायिक लिग खेल्नछन् । उनी गत डिसेम्बरमा अल नासरमा आबद्ध भएका थिए । उनले क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् ।
अर्जेन्टिनी स्टार मेसीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्ने निश्चित भएको छ । पीएसजी छाडेपछि ३५ वर्षीय मेसी पनि साउदी क्लबमै आबद्ध हुने चर्चा सुरु भएको छ । यसका लागि मेसीका प्रतिनिधिले साउदी क्लबसँग छलफल गरिरहेको बताइएको छ । मेसी साउदी अरेबियाका पर्यटन राजदूत पनि हुन् ।
यसैगरी कुनै समय रोनाल्डोसँगै रियल म्याड्रिडबाट खेलेका बेन्जेमा र मोड्रिचका प्रतिनिधिले पनि साउदी क्लबसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ । वार्ता सकारात्मक भएमा आफ्नो ब्यवसायिक खेलजीवनको अन्त्यतिर बेन्जेमा र मोड्रिच पनि साउदीको ब्यवसायीक लिगमा सहभागी हुनेछन् ।
‘साउदी ब्यवसायिक लिग निकै स्तरीय छ । तर, यसलाई अझ स्तरीय बनाउन विश्वका चर्चित र प्रभावशाली खेलाडीलाई भित्र्याउनु आवश्यक छ,’ रोनाल्डो भन्छन्, ‘भौतिक पूर्वाधार र प्रविधिमा पनि सुधार गर्नु आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आक्रमणपछि नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी