सरकारले ल्याएको बजेटप्रति चलचित्र सम्बद्ध संघ संस्थाले जनाए आपत्ति

काठमाडौँ । चलचित्र सम्बद्ध संघ संस्थाहरुले सरकारले ल्याएको बजेटको विरोध गरेका छन् । बिहीबार चलचित्र सम्बद्ध संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले चलचित्र उद्योगका लागि पेश गरेका कार्यक्रमहरूलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको भन्दै विरोध समेत जनाएका छन् ।
नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ र चलचित्र पत्रकार संघ नेपालले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेटमा चलचित्रलाई बेवास्ता गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'संघ सस्था र चलचित्र उद्योगका लागि पेश गरेका कार्यक्रमहरूलाई बेवास्ता गर्दै नेपाल सरकारले ल्याएको बजेटप्रति हामी चलचित्र सम्बद्ध संघ सस्थाहरुको घोर आपत्ति र विरोध छ । राष्ट्रिय चलचित्र उद्योगलाई बेवास्ता गर्दै बजेट वक्तव्य जारी गर्ने नेपाल सरकारप्रति निन्दा व्यक्त गर्दछौं । तत्काल सम्बन्धित निकायले प्रकृया अनुसार बजेट संशोधनबाट राष्ट्रिय चलचित्र उद्योगलाई बजेट विनियोजन गर्न जोडदार माग गर्दछौं । अन्यथा चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी दिन चाहन्छौं ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु