गर्मी बढेपछि जनकपुरका विद्यालयमा एकसाता बिदा
बिहीबार, १८ जेठ २०८०, २० : ४०

जनकपुरधाम । अत्यधिक गर्मी बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि विद्यालयमा बिदा दिएको छ ।
गर्मीले पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले भोलि शुक्रबारदेखि जेठ २६ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले जेठ १९ देखि २६ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिएको जानकारी दिए ।