अदालत
भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर
बिहीबार, १८ जेठ २०८०, २३ : ४४
![भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मा दोषी ठहर](https://rpcdn.ratopati.com/archived-media/chudamani-sharma-1.jpg)
काठमाडौँ । बदनियत पूर्वक कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी भएको आरोपमा मुद्दा खेपेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।
शुक्रबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । यद्यपि जेठ २५ गतेमात्र सजाय निर्धारणका लागि छलफल हुने भएको छ ।
एक करोडभन्दा बढी बिगो भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ । सोही अनुसार शर्मालाई कम्तीमा ८ वर्ष सजाय हुनसक्ने देखिएको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको सम्बन्धमा भने शर्माले सफाइ पाएका छन् । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनीसहित उनकी पत्नीलाई पनि विपक्षी बनाइ मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए
-
हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
-
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा पाण्डे
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै