प्रधानमन्त्रीको भारत भ्रमण
प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग शिष्टाचार भेट
बिहीबार, १८ जेठ २०८०, १७ : ४२

नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारत भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनपछि प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण
-
केपी ओली कप राष्ट्रिय क्रिकेट : गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीको जित
-
३.४४ अंकले घट्यो नेप्से, घट्यो कारोबार
-
रोनाल्डोको होटलमा आगलागी
-
बल्खुबाट राप्रपाको खबरदारी : भातपानी बन्द गर्नेदेखि बंगलादेश र श्रीलंका बनाउने चेतावनी !
-
त्रिविका उपकुलपति बरालको राजीनामा सनाखतपछि स्वीकृति गरिने