प्रधानमन्त्रीको भारत भ्रमण
आफ्नो भूभाग हुँदै नेपालबाट बंगलादेश बिजुली बेच्न भारतको सहमति
बिहीबार, १८ जेठ २०८०, १७ : ०४

काठमाडौँ । भारतले नेपालबाट आफ्नो जमिन हुँदै बंगलादेश बिजुली बेच्न दिन सहमति जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट भारतीय भूभाग हुँदै बंगलादेशलाई बिजुली बेच्न दिन सहमति जनाएको हो ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राले आफ्नो भूभाग हुँदै नेपालबाट ४० मेगावाट बिजुली बेच्न सहमती दिन समस्या नहुने बताएका हुन् । आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘नेपाल र बंगलादेशबीच बिजुली व्यापारका लागि त्रिपक्षीय सम्झौता चाहिन्छ । तर, यसका लागि भारत तयार छ ।’
नेपाल र बंगलादेशबीच विद्युत व्यापार भएमा क्षेत्रीय रुपमा नै फाइदा हुने र यसका लागि भारत तयार रहेको क्वात्राको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा