मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

भारतले नेपाललाई बुझायो रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदन

बिहीबार, १८ जेठ २०८०, १६ : ४३
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । भारतीय पक्षले रक्सौल–काठमाडौं रेलमार्गको सर्भेको प्रतिवेदन नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले रेलमार्गको फिल्ड रिपोर्टको प्रतिवेदन नेपाल सरकारलाई दिएको बताएका हुन् ।

‘अब हामी नेपाल सरकारको प्रतिक्रियाको अपेक्षा गर्दैछौं,’ क्वात्राले भने, ‘नेपाल सरकारको प्रतिक्रिया जतिसक्दो छिटो आउँछ, त्यति नै छिटो अगाडीको काम थालिनेछ ।’ नेपालले प्रतिवेदनमाथिको जवाफ बुझाएपछि सम्भाव्यता अध्ययनतर्फ अघि बढ्ने क्वात्राले बताए ।

नेपालले जवाफ दिएपछि मात्रै आयोजनाको निर्माण अवधि र प्रक्रिया अघि बढ्ने भारतीय पक्षको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप