गौतमबुद्ध विमानस्थलका लागि भारतले दियो उपकरणमा आधारित अवतरण प्रणालीको अनुमति

नयाँ दिल्ली । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी भारतले अनुमति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय पक्षको आईएलएस स्वीकृति दिने गरी समझदारी बनेको हो ।
बिहीबार प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल–भारतबीच ८ वटा महत्त्वपूर्ण प्रोजेक्टका लागि सम्झौता भएको छ । सोही पत्रकार सम्मेलन लगत्तै सञ्चार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिए ।
योसँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित (आईएलएस) विमानहरू अवतरण हुन सक्ने भएका छन् । यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् ।
अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरूले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । आईएलएस उपकरणमा आधारित ल्यान्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई बालेनद्वारा जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा 'कमाण्डर' दुर्गा फरार