जोर्डनका युवराजले साउदी अरबकी आर्किटेक्टसँग आज विवाह गर्दै, को-काे छन् विशेष पाहुना ?
बिहीबार, १८ जेठ २०८०, १६ : १६

जोर्डनका युवराज हुसैनको विवाह आज अर्थात् बिहीबार हुँदै छ । उक्त विवाहमा बेलायतका राजकुमार विलियम र उनकी श्रीमती केटसमेत थुप्रै अन्तर्राष्ट्रिय हस्तीको उपस्थिति रहनेछ ।
युवराज हुसैनको साउदी अरबकी आर्किटेक्ट रजवा अलसैफसँग विवाह हुँदैन । यी दुईको विवाह जोर्डनको राजधानी अम्मानमा हुनेछ ।
यी दुईको विवाहमा अमेरिकाकी प्रथम महिला जिल बाइडेन पनि सामेल हुनेछिन् । उनीबाहेक नेदरल्याण्डका राजा र रानी पनि कार्यक्रममा उपस्थित हुनेछन् ।
युवराजको विवाह जहरान प्यालेसमा हुनेछ जसमा उनका पिता राजा अब्दुल्ला द्वितीयको पनि विवाह भएको थियो ।
जोर्डनको राज परिवारका लागि हाल निकै कठिन समय चलिरहेको छ किनभने राजा अब्दुल्ला र उनका सौतेनी भाइ राजकुमार हमजाबीचको झगडा बाहिरिएको छ ।