पाकिस्तान सरकारको शर्त : इमरानले माफी मागे मात्र वार्ता

एजेन्सी । पाकिस्तानका वित्तमन्त्री इशाक डारले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले मे ९ मा भएको दङ्गाका लागि राष्ट्रसँग माफी मागेमा मात्र वार्ता सम्भव हुने बताएका छन् । एक निजी समाचार च्यानलसँग कुरा गर्दै इशाक डारले भने, “इमरानसँगको वार्ता तब मात्र हुनेछ जब पीटीआई अध्यक्षले आफ्नो गल्ती स्वीकार्नुहुनेछ र त्यसलाई नदोहोरिने कसम खानुहुनेछ ।”
उनले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का प्रमुख नवाज सरिफलाई इमरान खानसँग वार्ताका लागि मञ्जुर गराउनुपर्ने बताएका थिए । उनले नवाज सरिफले हिंसाका दोषीसँग वार्ता गर्न नमिल्ने धारणा राखेको बताए । इशाक डारले भने, ‘नवाज सरिफले हिंसाको पूर्वतयारी गर्नेहरूसँग वार्ता गर्न नसकिने बताउनुभएको छ ।’ उनले मे ९ को घटनाको अनुसन्धान भइरहेको र मे ९ मा भएको घटनामा संलग्न तत्वलाई न्यायको कठघरामा ल्याइने बताए ।
डारले मे ९ जस्ता घटना फेरि नदोहोरियोस् भनेर उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले दङ्गाको योजनामा इमरान खान संलग्न रहेको प्रमाणले देखाएको दावी गरे । सरकार राजनीतिक उत्पीडनमा विश्वास नगर्ने उनले बताए ।
एक प्रश्नको जवाफमा उनले भने, “यदि नवाज सरिफकी छोरीलाई पक्राउ गर्न सकिन्छ भने कसैकी श्रीमतीलाई पनि पक्राउ गर्न सकिन्छ किनभने कोही पनि कानूनभन्दा माथि छैन ।” इशाक डारले भने, “मे ९ को घटनामा संलग्न महिलाले राहत पाउन सक्दैनन् ।’ पीटीआईका अध्यक्ष खानले आफ्नो कार्यकालमा पाकिस्तानको भलाइका लागि कुनै भूमिका नखेलेको दावी पनि उनले गरे ।
डारले पीटीआई अध्यक्षको गलत निर्णयका कारण पाकिस्तानले आर्थिक कठिनाइको सामना गर्नुपरेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले रुसलाई सघाउन फेरि पठायो ३ हजार सिपाही
-
लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई दियो १४९ रनको लक्ष्य, कप्तान दीपेन्द्रको अर्धशतक
-
अग्रज नाटककार मुखिया ‘वासु शशी साहित्य सम्मान २०८१’बाट सम्मानित
-
एट्लीसँग किन क्यान्सिल भयो सलमानको फिल्म ?
-
दक्षिण कोरियामा बच्चा ‘एडप्शन’को अनौठो काण्ड, सरकारले नै देशबाहिर पठायो झन्डै २ लाख बच्चा
-
अमेरिका रुससामु दरिलो भएर उभिने आशामा जेलेन्स्की