चलचित्रमा पनि विद्यार्थीलाई ५० प्रतिशत छुट !
बिहीबार, १८ जेठ २०८०, १४ : ३५

काठमाडौँ । सार्वजनिक सवारी साधन, पार्क तथा चिडिया घरमा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको हुन्छ । तर, पछिल्लो समय सरकारले चलचित्रमा समेत विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत सरकारले चलचित्रका लागि विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । यद्यपि, यस्तो छुट शनिबार र अन्य सार्वजनिक बिदाका दिनमात्र विद्यार्थीले उपभोग गर्न पाउने छन् ।
आर्थिक विधेयकको अनुसूची ४ को बुँदा १० मा छुट सम्बन्धी व्यवस्था गर्दै भनिएको छ, ‘विद्यार्थी वर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको चलचित्र प्रदर्शनमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुट दिइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?